सनराइज क्यापिटलको २५ प्रतिशत लाभांश


काठमाडौं । सनराइज क्यापिटलले २५ प्रतिशत कर सहित नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सनराइज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रुपमा संचालित क्यापिटलको १२ औं वार्षिक साधारणसभाले उक्त लाभांश प्रस्ताव पारित गरेको हो ।
वार्षिक साधारणसभामाले आ.व. २०७८।०७९ वार्षिक प्रतिवेदन, सोही अवधिको आषाढ मसान्तको बासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण र आ.व. २०७९।०८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिकको निर्धारणको प्रस्ताव सर्वसम्मतबाट पारित गरेको छ । साथै, आ.व. २०७८।०७९ को मुनाफाबाट २५ प्रतिशत कर सहित नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *