रूपन्देहीमा दम्पती मृत भेटिए, प्रहरीले थाल्यो अनुसन्धान

रूपन्देही । रूपन्देहीको देवदहमा एक दम्पती मृत भेटिएका छन् । देवदह नगरपालिका–५ पाल्पाली टोलमा आज (सोमबार) बिहान घरभित्र चुकुल लागेको अवस्थामा ३६ वर्षीय बोलिन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीया हेमकला जोल्मी मगर मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

श्रीमतीको शव भुइँमा तन्नाले बेरिएको अवस्थामा रहेको र श्रीमानको शव पंखामा झुण्डिएको अवस्थामा रहेको देखिएकोले श्रीमानले श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

आफन्तलाई बोलाएर ढोका खोल्ने र थप अनुसन्धान अगाडि बढाउने रुपन्देहीका प्रहरी प्रमुख एसपी रबीन्द्र रेग्मीले बताएका छन् । बोलिन्द्र केही समय पहिले मात्रै बैदेशिक रोजगारीबाट फर्किएका हुन् । घरायसी झगडाका कारण उनले श्रीमतीको हत्या गरेर आत्महत्या गरेको अनुमान प्रहरीको छ । घटना बारे थप अनुसन्धान जारी रहेको देवदह प्रहरी चौकीका प्रमुख गंगाबहादुर सारुले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *