अल्का अस्पतालद्धारा मधुमेहका विरामीको निःशुल्क स्वास्थ्य परीक्षण


ललितपुर । अल्का अस्पताल प्रालिले मधुमेह भएका बिरामीको निःशुल्क स्वास्थ्य परिक्षण गरेको छ। विश्व मधुमेह दिवसका अवसरमा ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालले अस्पताल परिसरमा मधुमेह भएका विरामीहरुलाई निःशुल्क स्वास्थ्य परीक्षण गरेको हो।
निःशुल्क स्वास्थ्य शिविरबाट ३ सय भन्दा बढी मधुमेहका विरामीको परीक्षण र औषधि वितरण गरिएको अस्पतालका प्रशासन प्रमुख भगवान केसीले जानकारी दिए । एचबिएवान सी, पीपी र फास्टिङ लगायतका ल्याव टेष्टमा पनि निशुल्क परीक्षण गरिएको उनले जानकारी दिए।
मधुमेहका विरामीहरुलाई मात्र लक्षित गरेको आयोजना गरिएको सो कार्यक्रममा चिकित्सकको सिफारिस अनुसार १० दिनसम्मका लागि पुग्ने औषधि पनि वितरण गरिएको उनले बताए । निशुल्क स्वास्थ्य परीक्षणमा सहभागी भएकाहरुलाई २ हप्तासम्म फ्लोअप गर्दा कुनै पनि शुल्क नलाग्ने अस्पतालले जनाएको छ। त्यस्तै अल्का अस्पतालले विश्व मधुमेह दिवसका अवसरमा विहान जनचेतनामुलक र्याली पनि निकालेको थियो।अस्पताल परिसरबाट शुरु भएको र्याली पुल्चोक, मंगलबजार, लगनखेल, कुमारीपाटी, जावलाखेलहुदैँ अस्पताल प्राङगणमा पुगेर टुंगिएको थियो। र्यालीमा अस्पतालका अध्यक्ष कुमार थापा, संचालक रामेश्वर थापा, कार्यकारी निर्देशक विद्या श्रेष्ठ थापा लगायतकाको उपस्थिति रहेको थियो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *