महिलाका समस्या समाधानका लागि कुन्ती पोख्रेलको उम्मेदवारी

काठमाडौँ । काठमाडौं क्षेत्र २ प्रतिनिधि सभा सदस्य उम्मेदवार तथा राप्रपाकी केन्द्रीय सदस्य कुन्ती पोख्रेलले आफ्नो चुनावप्रचार अभियानलाई निरन्तरता दिने क्रममा आज ढाँछीमा महिलाहरुसँग भेटघाट गरेकी छिन् । उनले चुनाव प्रचार प्रसारका क्रममा महिला दिदीबहिनीहरुसँग समक्ष आफ्ना कार्ययोजना पनि प्रस्तुत गरेकी छिन् । ढाँछीका मतदातासँग आफूले चुनाव जितेमा यस क्षेत्रमा विकास निर्माण र जनताका समस्या समाधानका लागि रातदिन लागि पर्ने बताएकी छिन् ।

उनले यस क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको विशेष अस्पताल निर्माणको लागि पहल गर्ने बताएकी छिन् । उनले शंखरापुरमा थुप्रै खाली ठाउँ भएको र अस्पतालको लागि उपयुक्त वातावरण भएकाले सुविधा सम्पन्न विशेष अस्पताल बनाउनको लागि संसदमा आवाज उठाउने बताएकी हुन् । उनले भनिन्, ‘शंखरापुरमा धेरै खाली ठाउँ भएको र स्वच्छ, हराभरा वातावरण भन्दै यस क्षेत्रमा अन्तर्राष्ट्रियस्तर उपचार हुने अस्पताल बनाउँदा काठमाडौंको अस्तव्यस्त जीवन शैली र ट्राफिक जाम घट्न सक्छ ।

पोख्रेलले मतदासँगको भेटघाट कार्यक्रममा शंखरापुरमा अस्तर्राष्ट्रिस्तरको विशेष अस्पताल बनाउँदा यस क्षेत्रका युवाहरुले रोजगारी पाउनुका साथै सर्वसाधारणको आर्थिक उन्नति हुने औल्याइन् । उनले यस क्षेत्रका महिला दिदीबहिनीहरु पाठेघर लगायत विभिन्न रोगबाट पीडित हुने र समयमा उपचार गर्न नपाएको भन्दै त्यसको लागि यस क्षेत्रमा महिला विशेषज्ञ अस्पतालको खाँचो रहेको औल्याइन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *