एनसीसी बैंकको लाभांश पारित


काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंकको लाभांश पारित भएको छ । बैंकको २५ औं वार्षिक साधारणसभाबाट शेयरधनीलाई दिने भनिएको प्रस्तावित लाभांश पारित भएको हो । बैंकको सभाले गत आर्थिक वर्ष २०७८।७९ को नाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ३.३६६३ प्रतिशत बोनस शेयर र ७.६३३७ प्रतिशत नगद गरी कूल १०.९९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । योसँगै एनसीसी लाभांश पारित गर्ने तेस्रो बैंक बनेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *