प्रधानमन्त्री देउवाद्वारा मतदान

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुरामा मतदान गर्नुभएको छ ।

उहाँले गन्यापधुरा गाउँपालिका–१ स्थित असिग्राम मावि रुवाखोला मतदान केन्द्रमा आज बिहान मतदान गर्नुभएको हो । प्रधानमन्त्री देउवाले सोही मतदान केन्द्रमा रहेको विद्यालयमा अध्ययन गर्नुभएको थियो ।

नेपाली कांग्रेसका तर्फबाट डडेल्धुरामा प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहनुभएका देउवा निर्वाचनअघि दुई पटक डडेल्धुरासहित सुदूरपश्चिमका विभिन्न जिल्लामा चुनावीसभामा सहभागी हुनुभएको थियो ।

वि.सं २०४८ बाट डडेल्धुरादेखि निरन्तर चुनाव जित्दै आउनुभएका प्रधानमन्त्री देउवा अहिले साताँै पटक प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार हुनुहुन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *