काठमाडौँ क्षेत्र नं १ मा कांग्रेसको अग्रता

काठमाडौँ । काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आज बिहानैदेखि मतगणना सुरु गर्ने थालिएको छ । काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार सर्वदलीय सहमतिका आधारमा बिहानदेखि मतगणना थालिएको हो ।

काठमाडौँ निर्वाचन क्षेत्र नं १ को मतगणना बिहान ८ बजेदेखि सुरु गरिएको छ । काठमाडौँ क्षेत्र नं १ को मतगणना अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा गरिएको छ । काठमाडौँ क्षेत्र नं. १ को अहिलेसम्म ३२८७ भोट गन्दा कांग्रेसले ११९६ मत प्राप्त गर्दै गाडि रहेको छ भने राप्रपाले ७३६ प्राप्त गर्दै दोस्रो स्थानमा रहेको छ र राष्टिय स्वतन्त्र पार्टी घण्टीको भने ५२६ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेको छ, नेकपा एमालेले भने ४९६ मत प्राप्त गर्दै चौँथो स्थानमा रहेको छ र स्वतन्त्र उम्मेदवार आमा चिन्ह्रको भने ३५७ रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *