गाडी किन्नेलाई बैंकले दिन थाले ऋण


काठमाडौं । देशमा विदेशी मुद्रा सञ्चितिको कमीलाई देखाउँदै नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार अटो लोनमा कडाइ गरेका बैंकहरुले पछिल्लो समय कर्जा उपलब्ध गराउन थालेका हुन् । केही बैंकले सूचना नै निकालेर विद्युतीय गाडी खरिद गर्न सहज रुपमा कर्जा उपलब्ध गराउने बताएका छन् भने केही बैंकले माग अनुसार कर्जा उपलब्ध गराउन थालेको गाडी व्यवसायीहरुले बताएका छन् ।
हुण्डाईको थापाथलिस्थीत स्वरुमका म्यानेजर दीवाकर रेग्मी विद्युतीय गाडी किन्नका लागि बैंकले सहज रुपमा लोन उपलब्ध गराउन थालेको बताउँछन् । ‘लामो समयदेखि अटो लोनमा बैंकले कडाइ गरेका थिए तर पछिल्लो केही दिन यता बैंकले सहज रुपमा लोन स्वीकृत गराउन थालेको छ।
विद्युतीय गाडी किन्ने ग्राहकका लागि अटो लोनमा सहज बनाउन ग्लोबल आइएमई बैंकसँग एमओयू नै गरिएको बताए । केही बैंकले अटो लोनमा सहजीकरण गरेतापनि अझै केही बैंकले कडाइ नै गरेका छन्, विद्युतीय गाडी किन्ने ग्राहकको सहजीकरणका लागि हामीले ग्लोबल आइएमई बैंकसँग एमओयू नै गरिसकेका छौँ, उनले भने,‘आवश्यक कागजपत्र पुर्याएका ग्राहकले तीन दिनभित्रै लोन पाउनेछन् । नबिल र ग्लोबल आइएमई बैंकले विद्युतीय गाडीमा कर्जा दिनका लागि गाडी कम्पनीसँग सम्झौता गरेका छन् । नबिल बैंकले टाटा मोटर्स अन्तर्गतका विद्युतीय सवारी खरिद गर्नको लागि ८० प्रतिशतसम्म ऋण दिने गरी एमओयू गरेको हो । नबिल बैंकबाट टाटा मोटर्सले बिक्री गर्ने नेक्सन र टिगोर विद्युतीय गाडी खरिद गर्ने ग्राहकले उक्त लोन पाउछन् । टाटा मोटर्सबाट विद्युतीय सवारी साधन खरिद गर्न चाहने व्यक्ति वा संस्थाले नबिल बैंकका सबै शाखाबाट १२.९९ प्रतिशत ब्याजदरमा ७ वर्षसम्म सहज र सुलभ कर्जाको सुविधा पाउनेछन् ।
यस्तैगरी, हुण्डाईका गाडी खरिद गर्ने ग्राहकले आवश्यक कागजपत्र बुझाएको तीन दिनभित्रै लोन दिने गरी ग्लोबल आइएमई बैंकसँग सम्झौता गरेको छ ।
आवश्यक कागजात तथा विवरणसहित बैंकको शाखा कार्यालयमा निवेदन दिए पश्चात ३ कार्यदिन भित्र ग्राहकलाई बैंकले नियमानुसार सहज रुपमा सवारी साधन कर्जा प्रवाह गर्नेगरी एमओयू भएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *