अग्रता बढाउँदै शशाङ्क कोइराला

काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्त पूर्व) क्षेत्र नं १ का प्रनिनिधिसभा सदस्य नेपाली कांग्रेसका उम्मेदवार डा. शशाङ्क कोइरालाले मतान्तर बढाउँदै लग्नुभएको छ ।

पछिल्लो मत परिणामअनुसार डा. शशाङ्क कोइराला नेकपा (एमाले)का उम्मेदवारभन्दा एक हजार चार सय ६४ मतले अगाडि हुनुहुन्छ । एघार हजार मत गनिसक्दा डा कोइरालाले पाँच हजार पाँच मत प्राप्त गर्नुभएको छ भने एमाले उम्मेदवार कृष्ण पौडेलले तीन हजार पाँच सय ३७ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले एक हजार पाँच सय ७७ मत प्राप्त गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *