काठमाडौँ–४ : प्रदेशसभा १ मा कांग्रेसका लामिछाने र २ मा एमालेका थापा विजयी

काठमाडौँ । काठमाडौँ जिल्लाको निर्वाचन क्षेत्र नं ४, प्रदेशसभा १ को प्रदेश सदस्यमा नेपाली कांग्रेसका श्रीराम लामिछाने विजयी हुनुभएको छ । उहाँले सात हजार एक सय २५ मतका साथ विजयी हुनुभएको निर्वाचन अधिकृत शारदा पौडेलले जानकारी दिनुभयो ।

यस्तै यसै निर्वाचन क्षेत्र अन्तर्गत प्रदेश २ को प्रदेशसभा सदस्यमा नेकपा एमालेका जयराम थापा निर्वाचित हुनुभएको छ । उहाँले दश हजार तीन सय १७ मतसहित निर्वाचित हुनुभएको निर्वाचन अधिकृत पौडेलले जानकारी दिनुभयो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *