एमाले महासचिवलाई हराउँदै माओवादीकी रेखा शर्मा विजयी


काठमाण्डौं। नेकपा एमालेका महासचिव शंकर पोखरेल प्रतिनिधिसभा निर्वाचनमा दाङ क्षेत्र नम्बर २ मा माओवादी केन्द्रकी रेखा शर्माले पराजित गरेकी हुन् ।  बिहीबार बिहान सम्पन्न मतगणनाको अन्तिम मतपरिणामअनुसार रेखा झिनो मतान्तरसहित विजयी भएकी हुन् । शंकरले २६ हजार ६८१ र रेखाले २६ हजार ८७७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । १ सय ९६ मतान्तरमा माओवादी केन्द्रकी शर्मा विजय भएकी छिन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *