रामेछापमा कांग्रेसका कान्छाराम निर्वाचित


काठमाण्डौं । रामेछापबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ कान्छाराम निर्वाचित भएका छन् । तामाङले नेकपा एमालेका कैलाश प्रसाद ढुङ्गेललाई १६ हजार ३६९ मतले पराजित गरेका हुन् । कांग्रेस रामेछापको जिल्ला सभापति तामाङले ४७ हजार ९८ मत पाउँदा ढुङ्गेलले ३० हजार ७२९ मत प्राप्त गरे । २०७० मा कांग्रेसको समानुपातिक उमेदवारको बन्दसूचीमा परेका थिए । विजयी तामाङ २०७४ को प्रतिनिधिसभामा रामेछापबाट पराजित भएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *