काठमाडौं मेडिकल कलेजले ६.४८ लाभांश बाँड्ने


काठमाडौं । काठमाडौं मेडिकल कलेजले पब्लिक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने भएको छ । मेडिकल कलेजले स्वास्थ सेवा सञ्चालन गर्न आवश्यकता अनुसार घरजग्गा खरिद गर्ने भएको हो । स्वास्थ्य सेवा सञ्चालन गर्न आवश्यकता अनुसार घरजग्गा खरिद गर्नुपर्ने भएकाले स्रोत जुटाउन विभिन्न बैंकबाट कर्जा लिने बताएको छ ।
स्वास्थ सेवा विस्तारका लागि आवश्यकता अनुसार घरजग्गा खरिद गर्न बैंकबाट कर्जा लिन सञ्चालक समितिलाई अधिकार दिन मेडिकल कलेजले १३ औं वार्षिक साधारणसभा बोलाएको छ । मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले विभिन्न प्रस्ताव पारित गर्न पुस ५ गते सिनामङ्गल काठमाडौंमा वार्षिक साधारणसभा बोलाएको हो । यस्तै, मेडिकल कलेजको सभाले शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६.४८ प्रतिशत कर सहित नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
यस्तै, सञ्चालक समितिका तर्फबाट कार्यकारी अध्यक्षले पेस गर्ने आर्थिक वर्ष २०७८।०७९ को वार्षिक प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०७८।०७९ को लेखा परीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरू पारित गर्ने र आर्थिक वर्ष २०७९।०८० को लेखा परीक्षण गर्न लेखा परीक्षण समितिको सिफारिस बमोजिम लेखा परीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक तोक्नेछ । साथै कम्पनीले व्यवसाय विस्तारका लागि समान उद्देश्य भएका विभिन्न कम्पनी,अस्पताल,शिक्षण संस्थाहरू खरिद गर्न तथा त्यस्ता कम्पनीहरूको शेयरमा लगानी गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्नेछ । यस्त, सञ्चालक समिति पनि हेरफेर गर्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *