एभरेष्ट बैंकले टाटा मोटर्सको विद्युतिय गाडी किन्न कर्जा दिने


काठमाडौं । एभरेष्ट बैंक र सिप्रदी ट्रेडिङबीच सहुलियत ब्याजदरमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारी अनुसार बैंकले सिप्रदी ट्रेडिङ तथा उक्त कम्पनीका आधिकारिक बिक्रेताले बिक्री गर्ने टाटा मोटर्सका विद्युतीय सवारी साधन खरिद गर्न सहज रुपमा कर्जा प्रवाह गर्नेछ । बैंकले गाडी खरिद गर्न इच्छा भएका ग्राहकलाई १२.८ प्रतिशत ब्याजदरमा ८० प्रतिशतसम्म कर्जा दिनेछ । बैंकको अनुसार यो सुविधा एभरेष्ट बैंकका सम्पूर्ण शाखाबाट उपलब्ध हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *