सुनसरी–४ बाट सञ्चारमन्त्री कार्की विजयी 

काठमाण्डौं । नेपाली कांग्रेसका उमेदवार ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नम्बर–४ बाट विजयी भएका छन । सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका कार्की प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उमेदवार जगदीशप्रसाद कुसियैतलाई १ सय १२ मतान्तरले पराजित गरे ।

कार्की लगातार दोस्रोपटक विजयी भएका हुन् । सार्वजनिक अन्तिम मतपरिणामानुसार कार्कीले ३० हजार ४ सय ८३ मत ल्याए । कुसियैतले ३० हजार ३ सय ७१ मत पाए । ०७४ सालको निर्वाचनमा कार्कीले एमालेका रमेश श्रेष्ठलाई भारी मतान्तरले हराएका थिए । योपटक झिनो मतान्तरले विजयी भए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *