कांग्रेसभित्र प्रधानमन्त्री को बन्ने भन्ने तीव्र प्रतिस्पर्धा

काठमाडौँ । नेपाली कांग्रेसभित्र संसदीय दल नेताका लागि पाँच जना आकांक्षी देखिएका छन् । प्रतिनिधिसभा चनको अन्तिम परिणाम नआउँदै कांग्रेसभित्र दलको नेता बन्न दौडधुप सुरु भइसकेको छ ।

मोरङ निर्वाचन क्षेत्र नम्बर ६ बाट संसदीय निर्वाचन जितेर आएका नेपाली कांग्रेसका नेता शेखर कोइराला यतिबेला मौन दौडधुपमा छन् । कोइरालाको दौडभेट र तीव्र राजनीतिक भेटघाट के का लागि भन्ने जिज्ञासा सबैका लागि रहेको छ । उनी संसदीय दलको नेता बन्न दौडधुप गरिरहेको चर्चा चल्न थालेको छ ।

नेपाली कांग्रेसमा संसदीय दलको नेताले नै प्रधानमन्त्री बन्न पाउने प्रचलन रहेको छ । त्यसो हुँदा उनी प्रधानमन्त्रीका लागि संदसदीय दलको नेता बन्ने चाहनाका साथ दौडधुपमा लागेका छन् । निर्वाचनपछि नेपाली कांग्रेस पहिलो पार्टी बनेकोले बहुमत पुर्‍याएर सरकार बनाउने पहिलो जिम्मेवारी कांग्रेसकै हो । कांग्रेसले बहुमत पुर्‍याएर सरकार बनाउने अवस्थामा प्रधानमन्त्री को बन्ने भन्ने तीव्र प्रतिस्पर्धा पार्टीभित्र छ ।

कांग्रेसको १४ औँ महाधिवेशनपछि पार्टीभित्रको वैकल्पिक प्रमुखको रुपमा रहेको कोइरालाले संसदीय दलको नेतामा दाबी गर्नु स्वभाविक पनि छ । यद्यपी, संसदीय दलको नेता बन्ने दौडमा मैदानमा उत्रिएका नेता कोइराला एक्ला होइनन् ।

बरिष्ठ नेता रामचन्द्र पौडेल प्रधानभन्त्रीका लागि संसदमा भएको निर्वाचनमा १७ पटकसम्म हार व्यहोरेका नेता हुन् । उनी पनि प्रधानमन्त्री बन्न चाहन्छन् । त्यस्तै, पार्टी सभापतिको हैसियले शेरबहादुर देउवा नै प्रधानमन्त्रीमा आफूलाई निरन्तरता दिन चाहन्छन् ।

त्यस्तै, कांग्रेसका पूर्व महामन्त्री शशांक कोइराला पनि प्रधानमन्त्रीमा दाबी गरिरहेका छन् । महामन्त्री गगन थापाले त खुलेआम आफू संदीय दलको नेता बन्ने भन्दै काठमाडौँ ४ बाट भोट मागेका थिए । थापाले आफूलाई प्रधानमन्त्री बनाउनकै लागि काठमाडौं ४ का जनताले जिताएर संसदमा पठाएको भन्दै भाषण गरिरहेका छन् । त्यसो हुँदा कांग्रेस संसदीय दलको नेता बन्न सजिलो हुने देखिँदैन ।

नेता शेखरका लागि पनि त्यति सहज छैन । पाँच आकांक्षीमध्ये देउवा र गगन थापाबीच नै मुख्य प्रतिस्पर्धा रहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *