संचित साकोसले पायो संरक्षित पुँजी कोषबाट फिर्ता 


काठमाण्डौं । संचित बचत तथा ऋण सहकारी संस्थाले विगत ६ वर्ष देखि लगातार संरक्षित पुँजी फिर्ता कोषबाट रकम प्राप्त गरिरहेको छ । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघसँग ऋण कारोबार गर्दै आएको उक्त संस्थाले ०७३।७४ देखि उक्त कोषबाट लगातार रकम प्राप्त गरेको हो ।
संस्थाले ०७३।७४ मा ७.१३, ०७४।७५ मा ७.८१, ०७५।७६ मा ८.२१, ०७६।७७ मा १०.८९, ०७७।७८ मा ३६.२१ र ०७८।८९ मा ११.०३, संस्थाका अध्यक्ष योगेन्द्र खरबुजाले विगत ६ वर्षदेखि नियमित रुपमा पुँजीकोष फिर्ताको रकम प्राप्त गर्दै आएको मा यस पटक १ लाख ४३ हजार १सय ६६ रुपैया प्राप्त गरेका जानकारी दिए । महासंघका अध्यक्ष मिनराज कँडेलले प्रशंशापत्र र उक्त रकम अध्यक्ष खरबुजालाई प्रदान गरेका थिए । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *