एनएमबि बैंकको साढे ४४ हजार कित्ता शेयर बिक्रीमा


काठमाडौं । एनएमबि बैंकले संस्थापक समूहको शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको शेयर लिलाम बढाबढ प्रक्रियाद्वारा बिक्री गर्ने भएको हो । बैंकले मंसिर २६ गतेदेखि पुस ४ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न आग्रह गरेको छ ।
बैंकको संस्थापक समूहतर्फको ४४ हजार ७ सय ६१ कित्ता शेयर संस्थापक समूहमा नै रहने गरी लिलाम बढाबढद्वारा बिक्री गर्न बैकको संचालक समितिको निर्णय भएको हो । उक्त शेयर लिलाम बढाबढको माध्यमबाट विद्यमान संस्थापक तथा अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्री गरिनेछ । उक्त शेयरहरू खरीद गर्न ईच्छुक संस्थापक शेयरधनी, व्यक्ति तथा संगठित संस्थाले पुस ४ गतेभित्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलमा आइपुग्ने गरी आफूले चाहेको मूल्य तोकी आवेदन दिनुपर्नेछ बैंकको उक्त शेयर बिक्रीको लागि प्रस्ताव गरिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ सय ८० रुपैयाँ रहेको छ । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १८० तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *