कामना सेवा विकासद्वारा तिलोत्तमामा शाखा रहित बैंकिङ्ग सेवा


काठमाण्डौं । कामना सेवा विकास बैंकले थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा रुपन्देही जिल्लाको तिलोत्तमा नपा. वडा नं. ०३ मा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकका सञ्चालक भिम प्रसाद तुलाचन र वडा नं. ३ का वडा अध्यक्ष कल्याण प्रसाद पौडेलले संयुक्त रुपमा शाखा रहित बैंकिङ्ग सेवाको शुभारम्भ गरेका थिए । तिलोत्तमा न .पा. वडा नं ०३ स्थित न्यू पाल्पाली जनरल स्टोर्स (प्रो. मुना घिमिरे) शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त भएको छ । शाखा रहित बैंकिङ्ग मार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिने बैंकले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *