बसको ठक्करबाट मोटरसाइकल चालक रिजालको मृत्यु


काठमाण्डौं । काठमाडौं महानगरपालिका ३२ तिनकुने मुनिभैरवस्थित सडकमा बाग्मती प्रदेश ०१००६ ख ४८४७ नम्बरको बसले बा ८१ प २७९९ नम्बरको मोटरसाइकललाई मंगलबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक झापा घर भई हाल भक्तपुर चारदोबाटो बस्ने २५ वर्षीय रोमित रिजालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *