कर्मचारी सञ्चय कोषको प्रशासकमा धिताल नियुक्त


काठमाडौं । कर्मचारी सञ्चय कोषको प्रशासकमा जितेन्द्र धिताल नियुक्त भएका छन् । मंसिर २० गते बसेको मन्त्रिपरिषद्को बैठकले धिताललाई कर्मचारी सञ्चय कोषको प्रशासकमा नियुक्त गर्ने निर्णय गरेको हो । धिताल हाल कोष मै निमित्त प्रशासकको जिम्मेवारीमा छन् । खुला प्रतिस्पर्धाबाट कोषको प्रशासक नियुक्त गर्न अर्थ मन्त्रालयले छनौट तह सिफारिस समिति बनाएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *