चमेली कल्याणकारी साकोसको मंसिर २४ गते विस्तारित मञ्चको बैठक


काठमाण्डौं । चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लि।ले यही मंसिर २४ गते बिस्तारित बैठक आयोजना गर्ने भएको छ । सोही संस्थाका व्यवस्थापक सुदर्शन चौलागाईले हाम्रो यस संस्थाले गुण्डु र सो आसपासका आफ्ना शेयर सदस्यहरुको भक्तपुरको गुण्डुमा विस्तारित बैठक आयोजना गर्न लागेको बताए ।‘भक्तपुरको सूर्यविनायक नगरपालिका भरी आफ्नो कार्यक्षेत्र रहेको हाम्रो यस संस्थाको तरलताको अवस्था राम्रो छ र २०७९ कार्तिक मसान्तसम्म हाम्रो यो संस्थामा शेयर सदस्य संख्या ४,४१०, शेयर पूँजी ५ करोड ३६ लाख , निक्षेप संकलन ५६ करोड , कर्जा लगानी ६० करोड र कूल कारोवार ७४ करोड ५० लाख रहेको छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिका १, बिरुवामा आफ्नै भवनमा रहेको केन्द्रीय कार्यालय र गुण्डुमा रहेको सेवाकेन्द्र मार्फत आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको सो संस्थाको शिक्षा तथा तालिम उप समितिको आयोजनामा गत कार्तिक २६ गते नेपालको अर्थतन्त्रमा सहकारी प्रभाव तथा भूमिका विषयक अन्तर माध्यमिक विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगिता श्री कुलमाया भगवती माध्यमिक विद्यालय बिरुवामा सम्पन्न भयो । उक्त संस्थाको आफ्नो कार्यक्षेत्र भित्रका श्री अरनिको माध्यमिक विद्यालय गाम्चा , श्री सिरुटार माध्यमिक विद्यालय सिरुटार , श्री कुलमाया भगलती माध्यमिक विद्यालय बिरुवा , ज्योति माध्यमिक विद्यालय गुण्डु, , हिमालय एकेडेमी गुण्डु , दधिकोट ईङ्लिस स्कुल दधिकोट , मोर्डन ईङ्लिस स्कुल गाम्चा , रेम्बो ईङ्लिस स्कुल गाम्चा र क्यानफिट इण्टरनेशनल ईङ्लिस स्कुल सिरुटारका १७ जना विद्यार्थीले उक्त बक्तृत्वकला कार्यक्रममा भाग लिएका थिए ।त्यस बक्तृत्वकला कार्यक्रममा श्री अरनिको माध्यमिक विद्यालय गाम्चाकी छात्रा – प्रथम तथा मोर्डन ईङ्लिस स्कुल गाम्चाका विद्यार्थी द्वितीय र तृतीय भएका थिए । सो प्रतियोगिताका विजेता छात्रा छात्रहरुलाई सोही संस्थाका अध्यक्ष प्रमोद घिमिरेले पदक सहित नगद पुरस्कार र प्रमाणपत्र तथा प्रथम हुने छात्रा अध्ययनरत श्री अरनिको माध्यमिक विद्यालय गाम्चालाई कपप्रदान गरेका थिए । उक्त बक्तृत्वकला प्रतियोगितामा सहभागी विद्यार्थीहरु , सम्बन्धित विद्यालयहरु एवं त्यस बक्तृत्वकला प्रतियोगितालाई सफल पार्न सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञापन गर्दै नेपालमा सहकारीको आवश्यकता र महत्वको बारेमा प्रकाश पारे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *