हँसिया प्रहार गरेर एक जनाको हत्या


काठमाण्डौं । कैलालीमा हँसिया प्रहार गरेर एक जनाको हत्या भएको छ भने अर्का एकजना गम्भीर घाइते छन् । जिल्लाको जोशीपुर गाउँपालिका–६ कुमारी बागका ३३ वर्षीय पदमराज भण्डारीको हसिया प्रहारबाट मृत्यु भएको प्रहरीले जनाएको छ । हँसिया प्रहारबाट गम्भीर घाइते भएका भण्डारीलाई उपचारका लागि टिकापुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । हँसिया प्रहारबाट अर्का ४० वर्षीय जयराज भण्डारी गम्भीर घाइते भएका छन् । उनको टीकापुरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर रेफर गरिएको छ । मृतकका भिनाजु नाता पर्ने सोही ठाउँका ५० वर्षीय गौरीलाल ढुङ्गानाले उनीहरुमाथि हँसिया प्रहार गरेको प्रहरीले जनाएको छ । उनको खोजी कार्य भइरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *