विश्वकपबाट बाहिरिएपछि स्पेनिस प्रशिक्षक बर्खास्त


काठमाडौं । स्पेनको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक लुइस एनरिक बर्खास्त भएका छन् । विश्वकप फुटबलमा स्पेन मोरक्कोसँग टाइब्रेकरमा पराजित हुँदै प्रिक्वाटर फाइनलबाटै बारिएपछि स्पेनिस फुटबल संघले एनरिकलाई बर्खास्त गरेको हो । संघले निकालेको बिज्ञप्तिमा भनेको छ, ‘लुइस एनरिक र उनको प्रशिक्षण टिमलाई हामी धन्यवाद भन्छौं । सन् २०१८ देखि स्पेनिस टोलीको नेतृत्व गरिरहेका ५२ वर्षका उनले २०२० को युरो कपमा टोलीलाई सेमिफाइनलसम्म पुर्‍याएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *