प्रधानमन्त्री देउवाद्वारा मतदातालाई धन्यवाद

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई ठूलो पार्टी बनाएकोमा मतदातालाई धन्यवाद दिएका छन् । शुक्रबार बिहानै ट्वीट गर्दै प्रधानमन्त्री समेत रहेका ​देउवाले कांग्रेसलाई संसदको सबैभन्दा ठूलो दल बनाएकोमा धन्यवाद दिएका हुन् । ‘प्रिय मतदाता, नेपाली कांग्रेसलाई संसदको सबैभन्दा ठूलो दल बनाउनु भएकोमा धेरै धेरै धन्यवाद,’ ट्वीटरमा लेखेका छन् ।​ कांग्रेसले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ५७ सिट र समानुपातिकतर्फ ३२ सिट जितेको छ । ८९ जना सांसद सहित संघीय संसदमा कांग्रेस सबैभन्दा ठूलो दल भएको छ । बागमती, गडण्की, कर्णाली र सुदूरपश्मि गरी ४ प्रदेशमा पनि नेपाली कांग्रेस पहिलो दल बनेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *