सरकारमा जाने/नजानेबारे जसपाले बोलायो बैठक

काठमाडौं । नयाँ सरकारमा सहभागी हुने नहुनेबारे छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) ले राजनीतिक समितिको बैठक बोलाएको छ ।

पार्टी कार्यालय बालकुमारीमा पुस १८ र १९ गतेका लागि बैठक बोलाएको हो । बैठकमा सरकारमा सहभागी हुने नहुने, विधान अधिवेशन, प्रतिनिधि र प्रदेशसभा निर्वाचन समीक्षाबारे छलफल हुने जसपाका नेता मनीष सुमनले जानकारी दिए ।

उनका अनुसार बैठकमा पार्टी संगठन तथा आगामी कार्यदिशा बारेमासमेत छलफल चलाइने छ । जसपाले प्रतिनिधिसमा प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ५ गरी १२ सिट पाएको छ । त्यस्तै, प्रदेश १ मा पनि जसपा सरकार बनाउन निर्णायक भूमिकामा रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *