कोरोना बीमाको दाबी भुक्तानी लिन बाँकीले १५ दिनभित्र कागजात बुझाउनुपर्ने


काठमाडौं । नेपाल बीमक संघले कोरोना बीमा गरी पीसीआर पोजेभिट भै कम्पनीहरुमा दाबीका लागि जानकारी दिएका तर आवश्यक कागजातहरु नबुझाएका बीमितहरुलाई १५ दिनभित्र कागजात बुझाउन आग्रह गरेको छ । संघले आज एक सूचना जारी गर्दै दाबी भुक्तानीका लागि हालसम्म पनि आवश्यक कागजात नबुझाएका बीमितहरुलाई यस सूचना जारी भएको १५ दिनभित्र अथवा पुस १८ गतेसम्म दाबी गरेका कम्पनीहरुमा सम्पर्क गरी आवश्यक कागजात बुझाउन भनेको हो । ‘कोरोना बीमा गरी पीसीआर पोजेटिभ भै निर्जीवन बीमा कम्पनीहरुमा दाबीको जानकारी गराई हालसम्म पनि आवश्यक कागजातहरु नबुझाएका दाबीकर्ताहरुलाई बीमा कम्पनीहरुले बारम्बार ताकेता गर्दा समेत आवश्यक कागजात नबुझाएको हुँदा यो सूचना जारी भएको मितिले १५ दिनभित्र आफूले दाबी गरेका कम्पनीहरुमा सम्पर्क गरी सम्पूर्ण कागजात बुझाउन हुन जानकारी गराउँछौं,संघले जारी गरेको सूचनामा उल्लेख छ ।दाबीकर्ताहरुले आफुले दाबी गरेको आ आफ्ना बीमा कम्पनीहरुमा सम्पर्क गरी दाबी सम्बन्धी जानकारी लिई आवश्यक कागजातहरु बुझाउन १५ दिने अन्तिम सार्वजनिक सूचना जारी गरिएको संघले जनाएको छ । ‘दाबीकर्ताहरुले आफुले दाबी गरेको आ‍(आफ्ना बीमा कम्पनीहरुमा सम्पर्क गरी दाबी सम्बन्धी जानकारी लिई आवश्यक कागजातहरु बुझाउन १५ दिने अन्तिम सार्वजनिक सूचना जारी गरिएको छ, उल्लेखित अवधिभित्र दाबीसँग सम्बन्भित कागजातहरु नबुझाउने दाबीकर्ताहरुको कोरोना दाबी फाइल बन्द गरिने व्यहोरा जानकारी गराउँदछौं। उल्लेखित अवधिभित्र दाबीसँग सम्बन्धित कागजातहरु नबुझाउने दाबीकर्ताहरुको कोरोना दाबी फाइल बन्द गरिने समेत संघले जनाएको छ । निर्जीवन बीमा कम्पनीहरुले मंसिर १३ गतेदेखि कोरोना बीमाको दाबी भुक्तानी सुरु गरेका थिए । कम्पनीहरुले व्यक्तिगत रुपमा बीमाशुल्क तिरेर बीमालेख गर्ने बीमितहरुलाई पहिलो प्राथमिकतामा राखी भुक्तानी सुरु गरेका थिए । यस बाहेकका दाबीकर्ताहरुको हकमा भने नेपाल सरकार र नेपाल बीमा प्राधिकरणबाट आगामी दिनमा गरिने निर्णय अनुसार क्रमशः भुक्तानी गरिने संघले निर्णय गरेको थियो । संघकाअनुसार व्यक्ति र परिवारको २५ हजार चारवटा बीमा दाबी भुक्तानी गर्न बाँकी छ । सोमध्ये १८ हजार ६० वटा बीमालेखको मात्रै भुक्तानी गरिने बीमक संघले बताएको छ । यो संख्या कम्पनीहरुमा परेको व्यक्ति वा परिवारको बीमालेख संख्याको ७२ प्रतिशत हो। सरकारले आफ्नो दायित्वमा परेको रकम निकासा नगरेको भन्दै कम्पनीहरुले २०७८ साउन १४ गतेदेखि भुक्तानी प्रक्रिया रोकेका थिए । कम्पनीहरुले भुक्तानी रोकेको लामो समयपछि सरकारले आफ्नो दायित्व स्वीकार गर्दै कोरोना बीमाको दाबी भुक्तानीको लागि १ अर्ब रुपैयाँ निकासा गरेको थियो । सरकारले निकासा गरेको १ अर्ब रुपैयाँलाई ५५ प्रतिशत मानि नेपाल पुनर्बीमा कम्पनीबाट १२ प्रतिशत, बीमा कम्पनीबाट २५ प्रतिशत र बीमा प्राधिकरणबाट ८ प्रतिशत रकम भुक्तानी गर्ने मोडालिटि बनेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *