खर्चको डरले अमेरिकी ज्येष्ठ नागरिकले उपचार गर्दैनन्


उमेर बढ्दै जाँदा शरीर कमजोर हुँदै जान्छ र रोगले ठाउँ लिन्छ । यस्तो अवस्थामा, धेरै पटक मानिसहरूलाई आकस्मिक उपचार चाहिन्छ। तर, अमेरिकन जर्नल अफ म्यानेज्ड केयरमा प्रकाशित एक अनुसन्धानले २२ प्रतिशत वृद्धहरू खर्च बचाउनको लागि मेडिकल आपतकालीन अवस्थामा समेत अस्पताल जान हिचकिचाउने गरेको देखाएको छ।बिमारीहरु उपचारको सट्टा बरु घरमै बस्न रुचाउँछन्। ५० देखि ६० वर्ष उमेर समूहका व्यक्ति, महिला तथा स्वास्थ्य बीमा नगरेका वा ३० हजार डलर भन्दा कम तलब भएकाले उपचारमा भएको महँगोलाई ध्यानमा राखेर यस्तो गरिरहेका छन् । मेडिकल आकस्मिक अवस्था नभएकाहरू अमेरिकी नागरिकहरु पनि स्वास्थ्य उपचारमा लाग्ने लागतको बारेमा सँधै चिन्तित हुने गर्दछन् । कोरोनाभाइरसको आर्थिक प्रभाव, टेक्सास र फ्लोरिडा लगायत एक दर्जन भन्दा बढी राज्यहरूले इमर्जेन्सी स्वास्थ्य सेवाका विस्तार गरेका छैनन् । जसका कारण कम आय भएका व्यक्तिहरूले पनि आकस्मिक स्वास्थ्य उपचारको लागि आफ्नो आम्दानीबाट खर्च गर्नुपर्ने हुन्छ । स्वास्थ्य बीमा गरिसकेपछि पनि कतिपयलाई बीमा आकस्मिक सेवाको बारेमा जानकारी छैन् । ‘नो सरप्राइज एक्ट’ पनि लागु भएको छ । आकस्मिक सेवा प्रदान गर्ने कुनै पनि अस्पतालले बिरामीको अर्को कम्पनीबाट बीमा गराएको खण्डमा सेवा उपलब्ध गराउने गर्दैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *