विश्वकपको उपाधि जितेपछि अर्जेन्टिनाको दोहामा ‘भिक्ट्री परेड’

काठमाडौँ । विश्वकप च्याम्पियन अर्जेन्टिनाले कतारको दोहामा भिक्ट्री परेड गरेको छ । लुसेल स्टेडियममा फ्रान्समाथि रोमान्चक जित हात पारेको केही घन्टापछि दक्षिण अमेरिकी टोलीले ओपन टप बसमा भिक्ट्री परेड गर्दै खुशीयाली मनाएको हो । स्टेडियम बाहिर रहेका समथर्कले च्याम्पियन टोलीका सदस्यलाई हात हल्लाउदै साथ दिएका थिए ।

अर्जेन्टिना सन् २००२ मा ब्राजिलपछि विश्वकप उपाधि जित्ने पहिलो दक्षिण अमेरिकी राष्ट्र हो । मेसीको टोली आज बेलुका स्वदेश फर्कने बताइएको छ । २६ वर्षपछि विश्वकप ट्रफी ब्युनो आयर्स फर्काएको टिमको भब्य स्वागतका लागि अर्जेन्टिनीहरु तयारी अवस्थामा रहेका छन् । राजधानी ब्युनो आयर्समा फाइनल खेल हेर्न हजारौँ समर्थक उपस्थित भएका थिए ।

उनीहरुले राष्ट्रिय टिमले प्राप्त गरेको सफलता शब्दमा बयान गर्न नसकिने प्रतिक्रिया दिए । विशेष गरी मेसीको करियरको पहिलो विश्वकप उपाधि जित्दाको खुशी दक्षिण एसियाली राष्ट्र पाकिस्तानमा देखियो । कराँचीस्थित मिनी ब्राजिल नामले परिचित लेरीमा हजारौँको उपस्थिती रहेको थियो । आफ्नो टोली क्वाटरफाइनलमा क्रोएसियासंग पराजित भएपछि उनीहरुले मेसीको अर्जेन्टिनालाई साथ दिएका हुन् । लेरी क्षेत्र पाकिस्तानको ठूलो मध्येको एक सुकुम्बासी बस्ती हो । केही वर्ष अघिसम्म यो ठाउँ हत्या, हिंसा, लागु पदार्थ ओसारपसारलगायतका कारण बद्नाम थियो । तर फुटबलले लेरीको परिचय फेरिएको छ ।

यस्तै कतार विश्वकपको पूर्वाधार निमार्णमा महत्वपूर्ण योगदान गरेका आप्रवासी कामदारले दोहास्थित फ्यान जोनमा फाइनल खेल हेरेका छन् । मध्यपूर्वी राष्ट्रमा पहिलो पटक भएको विश्वकपमा आप्रवासी कामदारलाई उचित व्यवहार नगरेको भन्दै कतारको आलोचना भएको थियो । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *