कांग्रेस संसदीय दलको नेतामा देउवाको समर्थक रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा उम्मेदवारी दिने भएका छन् । त्यसका लागि उनी सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पुगेका छन् ।

देउवाको समर्थकमा वरिष्ठ नेता रामचन्द्र पौडेल छन् ।समर्थकमा उपसभापति पूर्णबहादुर खड्का बसेका छन् । पौडेल आफैं संसदीय दलको नेताका आकांक्षी थिए र देशको नेतृत्व गर्छु भन्दै चुनावमा भोट मागेका थिए । तर देउवाले नछाडेपछि उनी समर्थक बसेका छन् ।

डा. शेखर कोइराला समूहले भने महामन्त्री गगनकुमार थापालाई दलको नेताको उम्मेदवार बनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *