गायिका अन्जु पन्तको ‘मायाको सुरुवात’


काठमाण्डौं । गायक अभिनय यादव र गायिका अन्जु पन्तका ‘मायाको सुरुवात’ गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र रोमान्सलाई आकर्षक रुपमा प्रस्तुत गरिएको गीतममा प्रेमका सुनौला पलहरुलाई समेटिएको छ । गीतमा रबिमान सिंह बस्यालको शव्द तथा टिका बोम्जनको संगीत रहेको छ । साहष शाक्यको संगीत संयोजनमा मायाले संसार भर्ने कुरा आफनी प्रेमीकालाई बाचा गरेका गरेका छन गायकले । सरोज अधिकारीको छायाँकन , विकाश धमलाको सम्पादन तथा निकेश खड्काको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोलाई निकै आकर्षक रुपमा निमार्ण गरिएको छ । गीतको भिडियोमा लोकप्रिय नायक आकाश श्रेष्ठ र नायिका करुणा श्रेष्ठले अभिनय गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *