नर्भिक इन्टरनेशनल हस्पिटलको पुस २९ मा वार्षिक साधारणसभा


काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलको केही दिनअघि बसेको हस्पिटलको सञ्चालक समितिको बैठकले आगामी पुस २९ गते शुक्रबारका दिन वार्षिक साधारणसभा बोलाएको हो । साधारणसभा थापाथलीस्थित बिएलसीको सभाकक्षमा हुने अस्पतालकी कम्पनी सचिव सलुजा श्रेष्ठले जानकारी दिइन् । सभाले सञ्चालक समितिबाट भएको प्रस्ताव बमोजिम आर्थिक वर्ष २०७८।७९ को नाफाबाट आफ्ना सेयरधनीलाई ४० प्रतिशत लाभांश वितरणको निर्णयलाई पारित गर्नेछ । घोषित कुल लाभांशमध्ये २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि समेत रहेको छ । हाल नर्भिक अस्पतालको चुक्तापूँजी २२ करोड ५० लाख रुपैयाँ रहेको छ । साधारणसभाबाट २० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित भएपछि चुक्तापूँजी बढेर २७ करोड रुपैयाँ पुग्नेछ । सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन २०७८।७९ उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ असार मसान्तसम्मको कम्पनीको वार्षिक आर्थिक विवरणमा छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७९।८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिबाट भएका निर्णयहरु पारित गर्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *