थापाथलीका सुकुम्बासी बस्ती हटाउन महानगरले माग्यो गृहमन्त्रालयको सहयोग

काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती नदी किनारमा रहेको अव्यवस्थित र अनधिकृत संरचना हटाउन सहयोग गरिदिन गृह मन्त्रालयसँग अनुरोध गरेको छ। महानगरले बिहीबार एक पत्र लेख्दै उक्त अनुरोध गरेको हो ।

‘थापाथलीस्थित बागमती नदी किनारमा अव्यवस्थित र अनधिकृत रुपमा रहेको संरचना हटाई सो क्षेत्रको संरक्षण एवं सौन्दर्यकरण गर्ने कार्य तत्काल अगाडि बढाउन बागमती सभ्यता एकीकृत विकास परियोजना समेतबाट अनुरोध भइ आएको र सो क्षेत्र खाली गराउन महानगरबाट आवश्यक सबै समन्वय र प्रयास अगाडि बढाइएको भएतापनि सो सफल हुन सकेको अवस्था छैन’, महानगरले लेखेको छ ।

थापाथलीस्थित उल्लेखित क्षेत्रमा रहेका अनधिकृत संरचना हटाइ सौन्दर्यीकरणको कार्य तत्काल सुरु गर्ने कार्यक्रम रहेकोले सो संरचना हटाउन आवश्यक सहयोग एवं समन्वय गरिदिन महानगरले गृह मन्त्रालयलाई अनुरोध गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *