महालक्ष्मी लाईफको तुल्सीपुरमा महिला सशक्तिकरण कार्यक्रम सम्पन्न


काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले दाङको तुल्सीपुरमा “महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ” कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले पुस १२ गते इन्दु आचार्यको अध्यक्षतामा संचालन गरेको कार्यक्रममा स्थानिय जनप्रतिनिधि, महिला तथा विभिन्न संघ संस्थामा आवद्ध ८० भन्दा बढी महिलाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले देशको विकासको लागि महिलाहरुलाई रोजगारी र आय आर्जनको कार्यमा सक्रिय गराउनु आवश्यक रहेको बताएका थिए । समाजमा पिछडीएका र कमजोर अवस्थामा रहेका महिलाहरुलाई राज्यले पनि अगाडी बढाउने नीति लिएकोले नाफामूलक संघ संस्थाले त्यस्मा सहयोग र सहकार्य गर्नु पर्ने आवश्यकता रहेको उनको भनाइ थियो । तुल्सिपुर कार्यालय प्रमुख टेकम धितालले संचालन गरेको कार्यक्रममा कम्पनीका प्रमुख बजार अधिकृत प्रशान्तराज धमलाले महिला सशक्तिकरणमा महालक्ष्मी लाईफले गर्ने कार्यक्रमको विषयमा प्रकाश जानकारी दिएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *