प्रधानमन्त्रीले निर्देशन दिएको ४ घण्टामै गभर्नर अधिकारी एक्सनमा


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि गभर्नर महाप्रसाद अधिकारी चालू पुँजी कर्जा मार्गदर्शन संशोधन गर्न तयार भएका छन् । प्रधानमन्त्री प्रचण्डले बुधबार बिहान अर्थमन्त्री विष्णु पौडेल र गभर्नर अधिकारीलाई बोलाएर छलफल गरेका थिए । सो छलफलमा उनले गभर्नरलाई सो मार्गनिर्देशन संशोधन गर्न निर्देशन दिएका थिए । उनले निर्देशन दिएको ४ घण्टामै गभर्नर चालू पुँजी कर्जा मार्गदर्शन संशोधन गर्न तयार भएका हुन् । तर, शंसोधन भएको व्यवस्था पनि तत्काल कार्यान्वयन नहुने बुझिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले बैंकिङ क्षेत्रमा पछिल्लो समयमा देखिएका समस्या तथा चुनौतीहरुको विषयमा चासो राखेका थिए । उनले ब्याजदर घटाउन तथा तरलताको समस्याका बारेमा मौद्रिक नीतिमा सुधारका साथै अन्य आवश्यक पहलकदमी गर्नुपर्नेमा जोड दिएका थिए । छलफलका प्रधानमन्त्रीले व्यवसायीले चालू पुँजी कर्जा मार्गनिर्देशन संशेधन गर्न निर्देशन दिएका थिए । उनले जतिसक्दो छिटो सो मार्गदर्शन संशोधन गरेर व्यवसायीको हितमा काम गर्न भनेका थिए । उनले निर्देशन दिएको चार घण्टामै गभर्नर अधिकारी एक्सनमा उत्रिएका हुन् । चालुपूँजी मार्गदर्शनले दिएको सीमा भन्दा बढी ऋण चलाउने व्यवसायीलाई सीमा भित्र ल्याउन २ वर्षको समय दिनेगरी मार्गदर्शन संशोधन भएको स्रोतको भनाइ छ । गभर्नर अधिकारीले उद्योगी व्यवसायी र बैंकर्ससँग पनि छलफल गरेका थिए । उनीहरुले पनि तत्काल यो व्यवस्था लागू गर्न नहुने सुझाव दिएका दिए । व्यवसायीले चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन दुई वर्ष स्थगित हुनु पर्ने माग राख्दै आएका थिए । उनीहरुले पुराना ऋणीलाई यो नीति तत्काल कार्यान्वयन गर्न नहुने पनि माग राखेका थिए । राष्ट्र बैंकले पुरानो ऋणीको हकमा केही लचिलो नीति लिएको स्रोतको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *