गरिमा बैंकको १४.५० प्रतिशत लाभांश पारित


काठमाडौं । गरिमा विकास बैंकको सोह्रौं वार्षिक साधारणसभाले प्रस्तावित १४.५० प्रतिशत लाभांश पारित गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र १.५० प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको हो । योसँगै बैंकको चुक्ता पूँजी पाँच अर्ब १८ करोड ७६ लाख रुपैयाँ भएको छ । सभाले बैंकका अध्यक्ष श्यामप्रसाद बस्यालले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । त्यस्तै, सभाले गत आर्थिक वर्षमा उत्कृष्ठ कार्यसम्पादन गर्ने शाखाहरुलाई सम्मान गरेको छ । बैकको आन्तरिक मुल्यांकन अनुसार उत्कृष्ठ कार्यसम्पादन गर्ने शाखाहरुमा प्रथम पूतलीबजार शाखा, दोस्रो ईमाडोल शाखा, तेस्रो बयरघारी शाखा र चौंथोमा हेम्जा शाखा भएका बैंकले जनाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *