रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ताहरु सम्मानित


काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले एमडिआरटी २०२३ को लागि योग्य २० अभिकर्ताहरुलाई सम्मान गरेको छ । कार्यक्रममा कम्पनीका सीइओ राकेश पोखरेलले एमडिआरटी अभिकर्ताहरुले आफ्नो परिश्रमले गर्दा नै निरन्तर प्रतिष्ठित एमडिआरटी ग्लोबल कनफरेन्समा सहभागिता जनाउन सफल भएको बताए । यस्तै, उनले आगामी दिनमा कम्पनीले थप उत्कृष्ट प्रशिक्षण आकर्षक स्किम लगायतका कार्यक्रम ल्याई हौसला प्रदान गर्ने र त्यस्ता कार्यक्रमले थप एमडिआरटी अभिकर्ताहरु कम्पनीले जन्माउने बताए । कार्यक्रममा कम्पनीका सिनियर मेनेजमेन्ट एमडिआरटी अभिकर्ताहरु रिजनल मेनेजर का साथै ब्रान्च मेनेजरहरुको पनि सहभागिता रहेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *