प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँने


काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संघीय संसदमा विश्वासको मत लिने भएका छन् । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रचण्डले विश्वासको मत लिने भएका हुन् । नेपालको संविधानको धारा ७६ २ अनुसार नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। प्रचण्ड १० पुसमा प्रधानमन्त्री नियुक्त भएका थिए भने ११ पुसमा शपथ लिएर कार्यभार सम्हालेका थिए । प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेस गर्दा एमालेसहित सात दल र तीन स्वतन्त्र सहित १६९ सांसद्ले समर्थन गरेका थिए । विश्वासको मत लिन १३८ सांसद्को समर्थन चाहिन्छ । यता प्रधानमन्त्री प्रचण्डले साना ठुला सबै दललाई समर्थन गर्न आग्रह गरिरहेका छन् । नेपाली कांग्रेसले विश्वासको मत दिने नदिनेबारे निर्णय लिन आजै पदाधिकारी बैठक बोलाएको छ । एकीकृत समाजवादीले पनि यसबारे आजै बिहान निर्णय लिने तयारी गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *