सातवटै प्रदेशमा बन्यो सरकार, सबै प्रदेशमा कांग्रेस प्रतिपक्षमा

काठमाडौँ । बुधबार मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री नियुक्त भएसँगै सबै प्रदेशमा मुख्यमन्त्री चयन भएका छन् ।

यसअघि नै प्रदेश नम्बर १, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा मुख्यमन्त्री चयन भइसकेका थिए । बुधबार मधेस प्रदेशमा जनता समाजवादी पार्टी नेपालका सरोजकुमार यादव मुख्यमन्त्रीमा नियुक्त भए । ६३ सांसदको समथर्नमा उनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

नेकपा एमालेका २३, जसपाका १६, जनमत १३, माओवादी केन्द्रका ७, राप्रपा १, नागरिक उन्मुक्ति पार्टी १ र स्वतन्त्र सांसद सुरिता साह र अनिरुद्धप्रसाद सिंह यादव गरी कुल ६३ जना सांसदको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन् । मधेश प्रदेशमा रहेका १०७ सदस्यमध्ये सरकार बनाउन ५४ सदस्य आवश्यक पथ्र्यो ।

यस्तै बुधबारै लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लिला गिरी ५८ जना सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् । उनलाई एमालेका २९, माओवादीका १०, राप्रपाका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, जनमतका ३, लोसपाका ३ र स्वतन्त्र समेतगरी ५८ जनाले समर्थन गरेका हुन् । ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सिट आवश्यक पर्छ ।

यस्तै कर्णालीको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्मा २५ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भए । उनलाई माओवादीका १३, एमालेका १०, राप्रपाका १, समाजवादीको १ गरी २५ सांसदको समर्थन छ ।

सुदूरपश्चिम प्रदेशमा एमालेका राजेन्द्र रावल २९ जन सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका छन् । ५३ सदस्यीय प्रदेशसभा रहेको सुदूरपश्चिममा बहुमतका लागि २७ जना प्रदेशसभा सदस्य आवश्यक थियो ।

यसअघि नै प्रदेश नम्बर १ मा एमालेका हिक्मतकुमार कार्की मुख्यमन्त्रीमा नियुक्त भइसकेका छन् । बागमती प्रदेशमा नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल, गण्डकी प्रदेशमा एमालेका खगराज अधिकारी नियुक्त भइसकेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *