विकासलाई कमजोर पार्ने कुरामा सरकारले कसैसँग सम्झौता गर्दैन ः उपप्रधानमन्त्री श्रेष्ठ


काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राज्यले जनतालाई दिने सुविधा र विकासलाई कमजोर पार्ने कुरामा सरकारले कसैसँग सम्झौता नगर्ने बताएका छन् । शुक्रबार काठमाडौंका सोह्रखुट्टे, पानीपोखरी र नयाँबजार क्षेत्रका सडक अनुगमन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले कसैको दबाब र प्रभावमा नपरी आफू जनताका समस्या समाधान गर्ने काममा लाग्ने बताए । ‘प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरधनीले धेरै सडकहरूको बिचल्ली बनाएका छन्, उहाँलाई कारबाही गर्न सक्नुहुन्छ ’ भन्ने प्रश्नमा उनले प्रधानमन्त्रीले नराम्रो गर्ने कोहीलाई कारबाही गर्न सक्ने निर्देशन दिएको बताए । उनले प्रधानमन्त्रीको निर्देशन नै आइसकेकाले प्रधानमन्त्रीलाई उक्त विषयमा जोडेर नहेर्न आग्रह गरे । सडकमा समस्या देखिएपछि भाग्ने नभई सरकार र सम्बन्धित निकायले पूरा गर्नुपर्ने उनले उल्लेख गरे । म कोही घरबेटी, मित्र, कोही दाजुभाइसँग सम्बन्धित भएर काम गर्दिनँ । निरपेक्ष ढंगले काम गर्छुु । आवश्यकतालाई, जो कोहीलाई पनि कारबाही गर्नुस् भन्नुभएको छ । त्यो प्रधानमन्त्रीको निर्देशन छ, त्यससँग प्रधानमन्त्रीलाई नजोडी दिनुहोला उनले भने, राज्यले जनतालाई दिनुपर्ने सुविधा र विकासलाई कमजोर पार्ने कुरामा हामी कसैसँग पनि सम्झौता गर्दैनौँ । समस्या देखिएपछि पूरा गर्नुपर्छ । छोड्नु भएन । के सहयोग चाहिन्छ, त्यो सम्बन्धित निकायमा प्रस्ताव राखेर काम गर्नुपर्छ । हामी जनतालाई यस्तो सडक दिन सक्दैनौँ । उनले देशभरका सडकलाई चुस्त बनाउने र फुटपाथहरू पनि पैदलयात्रीमैत्री बनाउने अभियानमा सरकार लागिसकेको बताए । यस किसिमका समस्या समाधान गर्न तीन तहकै सरकारले मिलेर काम गर्नुपर्ने उनले औँल्याए । सडक कमभन्दा कम खन्न, सडक खन्दा निश्चित जानकारी गराउनुपर्ने र सडक भत्काइएका ठाउँमा तत्काल मर्मत–सम्भार गरिनुपर्नेमा उनले जोड दिए ।
उपप्रधानमन्त्री श्रेष्ठले देशको संघीय राजधानीमा सडकको दुरावस्था हुनु राम्रो नभएको बताए । सुशासन, यातायात व्यवस्था, भौतिक पार्क, पूर्वाधार आयोजनालाई व्यवस्थित र कार्यान्वयन गर्ने योजना बनाइरहेको उनले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *