एकाबिहानै बालुवाटार किन पुगे ओली ?

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज प्रधानमन्त्री प्रचण्डलाई भेट्न अध्यक्ष ओली पुगेका हुन् ।

उनीहरुबीच मन्त्रिपरिषद् विस्तार, सभामुख र उपसभामुख चयनसहित शक्ति बाँडफाँटका विषयमा कुराकानी भइरहेको बताइएको छ । विशेषतः नेपाली कांग्रेसले पनि प्रचण्डलाई विश्वासको मत दिएपछि ओली चनाखो भएको बताइन्छ ।

सरकार गठनमा महत्त्वपूर्ण भूमिका खेलेका उनले प्रधानमन्त्री प्रचण्डसँगको भेटलाई बाक्लो बनाइरहेका छन् । यसअघि बिहीबार पनि ओली प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *