२३ सदस्यीय मन्त्रिपरिषद्, कसलाई कुन मन्त्रालय ? (सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले आज पाच दलका १२ मन्त्री र तीन राज्यमन्त्रीलाई समेट्दै २३ सदस्यीय मन्त्रिपरिषद विस्तार गरेका हुन् । योसँगै प्रचण्ड नेतृत्वको सरकारले लगभग पूर्णता पाएको छ ।

कसले कुन मन्त्रालय पाए ?

एमालेबाट विमला राई पौडेल परराष्ट्रमन्त्री, पदम गिरी–स्वास्थ्य मन्त्री, भगवती चौधरी–महिला बालबालिका, हरि उप्रेती रक्षा मन्त्री बनेका छन् ।

त्यस्तै माओवादीबाट रेखा शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री, सुदन किराती संस्कृति तथा पर्यटन, अमनलाल मोदी–सामान्य प्रशासन मन्त्री बनेका छन् ।

रास्वपाबाट डोलप्रसाद अर्याल श्रममन्त्री, शिशिर खनाल शिक्षा मन्त्री, तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री, राप्रपाबाट राजेन्द्र लिङ्दने उपप्रधान तथा उर्जामन्त्री, ध्रुवबहादुर प्रधान कानुनमन्त्री, विक्रम पाण्डे सहरी विकासमन्त्री बनेका छन् ।

प्रचण्डले प्रधानमन्त्री नियुक्त भएकै दिन ८ सदस्यीय मन्त्रीपरिषद गठन गरेका थिए । जसमा एमालेबाट चार, माओवादीबाट एक, जनमतबाट एक र रास्वपाबाट एकजनालाई मन्त्री बनाएका थिए ।

पहिलो चरणमा माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक योजना मन्त्री बनेका थिए । त्यस्तै एमालेबाट विष्णु पौडेल उपप्रधान तथा अर्थ मन्त्री बन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री बनेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *