प्रदिप खड्का र आर्यन सिग्देललाई लिएर बायोपिक फिल्म बनाउँदै निर्देशक राउत

काठमाडौँ । फिल्म जगतमा आफूलाई परिचित गराएका दिनेश राउत एक परिपक्क निर्देशक हुन् । ‘प्रकाश’ पछि केही समय हराएका उनि यतिबेला दुईवटा प्रोजेक्टको तयारीमा छन् । प्रोजेक्ट भने २०८० सालको अन्तिमतिर निर्माण हुन सक्ने उनले बताएका छन् । जसको अहिले प्रि-प्रोडक्सनको काम भइरहेको र करिब ६०/७० वर्ष अगाडिको कथामा निर्माण हुने फिल्म बायोपिक रहेको उनले बताए ।

फिल्ममा अभिनय भने आर्यन सिग्देल र प्रदीप खड्काको हुने भएको छ । तर दुवैसँग कागजी सम्झौता नभएको उनले बताए । फिल्मको प्रि-प्रोडक्सनका लागि लामो समय झन्डै डेढ-दुई वर्ष लाग्ने उनले बताए । उनले भनेका छन्, ‘यो बायोपिक फिल्म हो, यसमा आर्यन र प्रदीपलाई लिने मेरो सोच हो ।’

नोभेम्बर रेन, आइ एम सरी, क्लासिक जस्ता लभ ईस्टोरी फिल्म बनाएर प्रेम सिकाउने निर्देशक राउत अहिले भने, बायोपिक फिल्म बनाउने सोचमा लागेका छन् । उनले प्रसाद र प्रकाशलाई भने नेपाली समाजमा घट्ने कुरालाई बाहिर निकालेर निर्देशन गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *