स्वतन्त्र पार्टीले तोक्यो समिति र विभागको संयोजक,कस्को भागमा के पर्यो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी विधानअनुसार विभिन्न समिति र विभागहरूका संयोजक तोकेको छ ।केन्द्रीय कार्यालय बसुन्धारामा आइतबार बसेको बैठकले समिति र विभागमा प्रमुख र सदस्य मनोनीत गर्ने निर्णय गरेको हो ।

सो केन्द्रीय निर्वाचन आयोगको सदस्यमा नारायण प्याकुरेल मनोनीत भएका छन् भने केन्द्रीय लेखा आयोगको संयोजकको जिम्मा अभिषेक घिमिरेलाई जिम्मेवारी दिइएको छ । केन्द्रीय अनुशासन तथा आचरण समिति प्रमुखमा भरतमणि देवकोटा र सदस्यहरूमा रामहरि सुवेदी, रमाकान्त रिमाल, यज्ञमणि न्यौपाने रहेका छन्।

विवाद समाधान समिति प्रमुखमा विष्णुकुमार श्रेष्ठ र पुनरावेदन समिति प्रमुखमा विपिनकुमार आचार्य र सदस्यमा दिपक बोहरा चयन गरिएको छ । पार्टी महामन्त्रीसमेत रहेका प्रवक्ता मुकुल ढकाललाई नीति तथा विचार विभाग प्रमुखको जिम्मेवारी तोकीएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *