जनकपुरधाममा लागुऔषधसहित चारजना पक्राउ

काठमाडौँ । धनुषा प्रहरीले जनकपुरधामबाट लागुऔषधसहित चारजनालाई पक्राउ गरेको छ । प्रहरीले प्रतिबन्धित एक्सप्लोन नामक ४९३ बोतल लागुऔषधसहित उनीहरुलाई जनकपुरधामस्थित पीडारीचोकबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा प्रदेश २०२–००१ स ०३५६ नम्बरका अटो चालक धनुषाको नगराइन नगरपालिका–७ का २२ वर्षीय दिलसाद नदाफ, ज६प १७८ नम्बरको मोटरसाइकल चालक जनकपुरधाम उपमहानगरपालिका–४ बस्ने ३२ वर्षीय दीपककुमार पूर्वे छन् ।

त्यस्तै, नगराइन नगरपालिका–७ का ज११प ४४४६ नम्बरको मोटरसाइकल चालक २२ वर्षीय भरोसी यादव, सोही मोटरसाइकलमा सवार २१ वर्षीय इसराइन नदाफ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख विश्वराज खड्काले जानकारी दिएका छन् ।

गोप्य सूचनाका आधारमा चेकजाँच गर्दा जुटको बोरामा १० वटा कार्टुनमा राखी पीडारीचोकदेखि उत्तरतर्फ उक्त परिमाणको लागुऔषध लैजाँदै गरेको अवस्थामा बरामद गरिएको प्रमुख खड्काले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *