कामना सेवा विकास बैंकको कामु सीइओमा दाहाल नियुक्त


काठमाडौं । कामना सेवा विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत कामु सीइओमा विनय दाहाल नियुक्त भएका छन् । बैंकको माघ १३ गते बसेको संचालक समितिको बैठकले दाहाललाई आइतबार माघ १५ गतेदेखि लागु हुने गरि कामु सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेतले राजिनामा दिएपछि डेपुटी सीइओ रहेका उनले कामु सीइओको जिम्मेवारी पाएका हुन् । उनी यस अघि बैंकको नायव प्रमुख कार्यकारी अधिकृत थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *