जिल्ला प्रशासन कार्यालयमा रवि लामिछाने

काठमाडौँ । सर्वोच्च अदालतले रविलाई नागरिकता विषयमा दोषी ठहर गगेपछि रवि लामिछाने जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेका छन् ।

रबिलामिछाने नेपालको कानुनको पालनामा रहि नेपाली नागरिक कानुनी रुपमा नै प्रमाणीतका लागि पुनः नयाँ नागरिकता प्राप्तिका लागि जिल्ला प्रशासन काठमाडौ पुगेका हुन् । शुक्रबार सर्वोच्च अदालतको संवैधानिक आदेशले रविको नागरिकता अवैध भएको ठहर गर्दै नागरिकता लिने प्रक्रिया पुरा गर्न आदेश दिएको थियो । सोही अनुसार लामिछाने केहीबेरअघि प्रशासन पुगेका हुन् ।

लामिछालेले नागरिकता लिनका लागि गृह मन्त्रालयसँग समेत परामर्श गरेका थिए । गृहले नियमित प्रक्रियाबाट नागरिकता लिन सकिने बताएपछि उनी सोहीबमोजिम प्रशासन पुगेको बताइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *