सामसङका फ्लागसीप स्मार्टफोन पुनः नेपाली बजारमा


काठमाडौं । सामसङले नेपाली बजारमा शीर्ष स्तरका फोनहरु पुनः नेपाली बजारमा सार्वजनिक गरेको छ । अद्भूत स्पेक, सुन्दर डिजाइन, अद्भूत सुविधा र अवधारणाका साथ हरेक स्तरमा गुणस्तरीय फोन उपलब्ध गराउने उदेश्यका साथ नेपाली बजारमा शीर्ष स्तरका फोनहरु सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । जसले स्मार्टफोनको संसारमा नयाँ इनोभेसनका उत्कृष्ट कार्यहरूका रूपमा प्रतिनिधित्व गर्ने कम्पनीको दावी छ । सामसङले केही समयको अन्तरालपछि यी फ्लागशिप स्मार्टफोनहरु फेरि नेपालमा ल्याएको छ। सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले भने, सामसङका उत्कृष्ट स्मार्टफोनहरू समावेश भएको यो रोस्टरलाई बजारमा पुनः प्रस्तुत गर्न पाउँदा मलाई साँच्चिकै ठूलो सन्तुष्टि मिलेको छ । एस २२ सिरिज, ए ७३ र फोल्डेबल फोनहरूमा सबैभन्दा अगाडि रहेका ग्यालेक्सी जेड फ्लिप ४ र ग्यालेक्सी जेड फोल्ड ४ स्मार्टफोन संसारका केही उत्कृष्ट प्रस्तुतिहरू हुन् र हामी नेपाली बजारमा नयाँ इनोभेसनका यी अमेजिङ फोनहरु ल्याउन पाउँदा खुसी छौं
कम्पनीका अनुसार ग्यालेक्सी एस २२ सिरिज, ग्यालेक्सी ए ७३ फाइभ जी, ग्यालेक्सी जेड फ्लिप४ र ग्यालेक्सी जेड फोल्ड ४ सामसङको फ्ल्यागसीप लाइन–अपका सबै सेगमेन्टहरू नेपालमा केही समयका लागि रोकिएका थिए । तर अब यी सबै सेगमेन्टका समार्टफोनहरु फेरि नेपाली बजारमा फर्किएका छन् । प्रत्येक फ्ल्यागसीप मोडलहरुको आफ्नै अद्वितीय विशेषताहरू रहेका छन्, जुन अन्य प्रतिस्पर्धी स्मार्टफोनहरुभन्दा फराकिलो छन् । फोल्डिङ र फ्लिपिङ विकल्प तथा अविश्वसनीय नक्स सेक्युरिटी र प्रदर्शनले गर्दा सामसङको फ्ल्यागसीप लाइन–अप स्मार्टफोनहरु नयाँ प्रविधिसहित अग्रस्थानमा छन् ।
ग्यालेक्सी एस २२ सिरिजमा ग्यालेक्सी एस २२ मा ६.१ इन्चको डिस्प्ले र ग्यालेक्सी एस २२ अल्ट्राले आफ्ना प्रयोगकर्ताहरूलाई ६.८ इन्चको डिस्प्ले प्रदान गरेको कम्पनीले बताएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *