एकीकृत समाजवादीले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै


काठमाण्डौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज ज्ञापनपत्र बुझाउने भएको छ । एकीकृत समाजवादीले देशको आर्थिक संकट र समाधानका उपायहरू समेटिएको ज्ञापनपत्र बुझाउन लागेको हो । पछिल्लो समय देशमा उत्पन्न आर्थिक समस्या झन वढन थालेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण सहित समाधानका उपाय समेत समेटिएको ज्ञापन पत्र बुझाउन लागिएको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *