मुक्तिनाथ विकासका ग्राहकलाई चिरायु नेशनल अस्पतालमा छुट


काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकले काठमाडौंको बसुन्धरामा रहेको चिरायु नेशनल अस्पताल एण्ड मेडिकल संस्थानले दिने सेवाहरुमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेबिट कार्डवाहक ग्राहकहरुलाई थप सेवा दिने उद्देश्यका साथ अस्पतालले दिने सेवाहरुमा १० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता भएको गरेको छ । यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकहरुले चिरायु नेशनल अस्पतालमा विभिन्न सेवाहरुमा १० प्रतिशतसम्म विशेष छुट पाउन सक्नेछन् । बैंकको यस सहकार्यबाट बैंकका ग्राहकवर्गहरु लाभान्वित हुने र स्वास्थ्य उपचारमा पहुँच पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभर रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *